सहरी विकास मन्त्रालयलाई ९२ अर्ब ४३ करोड बजेट

सहरी विकास मन्त्रालयलाई ९२ अर्ब ४३ करोड बजेट

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • सहरी विकास मन्त्रालयलाई ९२ अर्ब ४३ करोड बजेट

    काठमाडौं । सरकारले सहरी विकास मन्त्रालयका लागि सरकारले ९२ अर्ब ४३ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । 

    मेलम्ची खानेपानी आयोजनाका लागि सरकारले ५० करोड विनियोजन गरिएको छ । अर्थमन्त्री पुनले सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्याइने घोषणा गरे । सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने सरकारको लक्ष्य रहेको छ । 

    आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा थप ६ सय ४५ किलोमिटर पाइप बिछ्याउने लक्ष्य रहेको अर्थमन्त्री पुनले बताए । यसैगरी सरकारले आगामी आर्थिक वर्षमा ३७ करोड लिटर फोहोर पानी संशोधन क्षमताको धोबीघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । सरकारले धोबीघाट, सल्लाघारी, बालकुमारीमा फोहर पानी प्रशोधन केन्द्र निर्माण सुरु गर्ने भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij