जनकपुरधाममा करिब २३ लाख बराबरको सामान जफत

जनकपुरधाममा करिब २३ लाख बराबरको सामान जफत

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • जनकपुरधाममा करिब २३ लाख बराबरको सामान जफत

    जनकपुरधाम । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी धनुषाले २३ लाख रुपैयाँ मूल्य बराबरको काजु तथा किसमिस नियन्त्रणमा लिएर भन्सार कार्यालय जनकपुरमा आज बुझाएको छ ।
     
    गएराति भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको २३ लाख रुपैयाँ मूल्य बराबरको काजु र किसमिस जनककपुरधाम उपमहानगरपालिका–१ स्थित सीता चोकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
     
    प्राप्त जानकारीअनुसार २१ क्विन्टल काजु तथा ५ क्विन्टल ४० किलो किसमिस लोड गरिएको ट्रकसमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिइएको सो काजु तथा किसमिस बजार मूल्यअनुसार २३ लाख रुपैयाँ मूल्य बराबरको रहेको छ ।

    भारतबाट अवैधरुपमा उपरोक्त खाने सामान नेपाल ल्याइएको विशेष सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल  नं ८ गण धनुषा मातहतको सुरक्षा वेश जनकपुरबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक उमेश कार्कीको टोलीले नियन्त्रणमा लिएको थियो । 

    उक्त टोलीले काजु र किसमिससहित मधेस प्रदेश ०४–००१ ख नंको ट्रकसमेत नियन्त्रणमा लिएको थियो । बरामद गरिएको ट्रकसहित उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij