१४.८७ प्रतिशतले बढ्यो सार्वजनिक संस्थानको आम्दानी, २६ कम्पनी नाफामा

१४.८७ प्रतिशतले बढ्यो सार्वजनिक संस्थानको आम्दानी, २६ कम्पनी नाफामा

आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • १४.८७ प्रतिशतले बढ्यो सार्वजनिक संस्थानको आम्दानी, २६ कम्पनी नाफामा

    काठमाडौं । सार्वजनिक सस्थानको आम्दानी १४.८७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ५ खर्ब ७५ अर्ब रुपैयाँ आम्दानी गरेका सार्वजनिक संस्थानहरुले आव ०७९/०८० मा ६ खर्ब ६१ अर्ब रुपैयाँ आम्दानी गरेका हुन् । 

    गत आर्थिक वर्षमा अस्तित्वमा रहेका २६ वटा संस्थानले नाफा आर्जन गर्दा १५ वटा घाटामा छन् । ३ वटा संस्थानको कारोबार शून्य छ । 

    सार्वजनिक संस्थानको खुद नाफामा ३ हजार ४६ प्रतिशतले वृद्धि हुँदा ४८ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । 

    आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब १७ करोड घाटामा रहेको आयात निगम गत आर्थिक वर्ष ११ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको छ । 

    नेपाल सरकारको स्वामित्वमा ४४ वटा सार्वजनिक संस्थान रहेका छन् । जसमा औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५, जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ वटा सार्वजनिक संस्थान छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij