१० महिनामा १५ लाख २८ मोबाइल आयात, मोबाइल भित्र्याउँदा बाहिरियो २४ अर्ब बढी रकम

१० महिनामा १५ लाख २८ मोबाइल आयात, मोबाइल भित्र्याउँदा बाहिरियो २४ अर्ब बढी रकम

आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • १० महिनामा १५ लाख २८ मोबाइल आयात, मोबाइल भित्र्याउँदा बाहिरियो २४ अर्ब बढी रकम

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो १० महिनामा १५ लाख २८ भन्दा धेरै थान मोबाइल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को साउन देखि वैशाख महिनासम्ममा १५ लाख २८ हजार ६ सय ४४ थान मोबाइल भित्र्याइएको हो । 

    भन्सार विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म २४ अर्ब रुपैयाँ बराबरका १५ लाख २८ हजार थान मोबाइल फोनको आयात भएका छन् । माेबाइल आयातबापत साे अवधिमा सरकारले चार अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ । यो पोहोरको १० महिनाको तुलनामा चार अर्ब रुपैयाँभन्दा धेरै हो । गएको वर्षको साउनदेखि वैशाखसम्म २० अर्ब ४१ करोड रुपैयाँ मूल्यका १३ लाख थान मोबाइल आयात भएका थिए । 

    भन्सार विभागको तथ्यांक अनुसार बैशाखमा मात्रै १ लाख ३६ हजार ७ सय ९९ थान मोबाइल नेपाल आयात भएको छ । 

    भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा चीन र भारतसहित विभिन्न ६१ मुलुकबाट मोबाइल आयात भएको देखिएको छ । सबैभन्दा धेरै चीनबाट १५ अर्ब ८० करोड रुपैयाँ मूल्यका १० लाख ९५ हजार थान मोबाइल आयात भएका छन् । यस्तै भारतबाट १० महिनामा सात अर्ब ८१ करोड रुपैयाँका मोबाइल फोन आयात भएका भन्सार विभागले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij