सिरहामा बम पड्काएर ४ घरमा लुटपाट, ६ जना घाइते

सिरहामा बम पड्काएर ४ घरमा लुटपाट, ६ जना घाइते

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • सिरहामा बम पड्काएर ४ घरमा लुटपाट, ६ जना घाइते

    काठमाडौं । सिराहाको लहानमा मध्यराति बम पड्काएर ४ घरमा लुटपाट भएको छ। लहान नगरपालिका–१७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट गरिएको प्रहरीले जनाएको छ। 

    लुटेराहरूले लुटपाट गर्दा प्रतिकार गर्ने क्रममा ६ जना घाइते भएका छन्। घाइते हुनेमा जिवी ठाकुर, निरसीदेवी ठाकुर, निरञ्जन यादव, देवनारायण साह, मनिलाल यादव र योगेन्द्रलाल यादव रहेको प्रहरीले जनाएको छ । 

    लुटपाट भएको ठाउँमा सुतली बमको कणहरू देखिएको प्रहरीले जनाएको छ । लुटेराहरूले गरगहना, पैसा गरी करिब ५ लाख बराबरको लुटपाट गरेको प्रहरीले जनाएको छ । 

    यस सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij