९८ लाखसहित पक्राउ परेका दुई जना व्यक्ति सुन तस्करीमा संलग्न

९८ लाखसहित पक्राउ परेका दुई जना व्यक्ति सुन तस्करीमा संलग्न

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • ९८ लाखसहित पक्राउ परेका दुई जना व्यक्ति सुन तस्करीमा संलग्न

    काठमाडौं ।  स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित शुक्रबार बिहान मालीगाउँबाट पक्राउ परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ ।

    प्रहरीले आज बिहान स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित मिलन विक र समीर सुनुवारलाई दरबारमार्गबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार पक्राउ परेका दुवैजना बुटवलका हुन् । 

    पकाउ परेका मिलन विक दोलखाबाट सुन तस्करीमा संलग्न फरार अभियुक्त रहेको अनुसन्धानका क्रममा फेला परेको छ। गत असोज १० गते दोलखामा बरामद साढे ११ किलो सुन प्रकरणमा मुछिएका उनी फरार थिए।

    यस्तै, विकसँगै पक्राउ परेका समिर सुनवारमाथि सम्पति शुद्धिकरणको अनुसन्धान भइरहेको देखिएको छ। उनीहरुलार्य आज विहान बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो । दुवै जनालाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

    यो रकम अवैध सुनको कारोबारमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij