काठमाडौं । वेस्ट इन्डिज ‘ए सँगको अन्तिम टी–२० खेलमा आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् । उनले ३३ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । उनले यस क्रममा २ चौका र ५ छक्का हिर्काएका छन् ।
अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।