काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले संयुक्त छापा मारेको छ । डीएसपीको नेतृत्वमा गएको प्रहरी टोली राणाको निवासमा पुगेर छापा हानेको हो ।
त्यस क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली पनि सँगै रहेको बताइएको छ । त्यसै क्रममा उनी निकटका केही व्यक्ति र नातेदारको घरमासमेत छापा मारेको सुरक्षा स्रोतले जनाएको छ ।
विभाग निकट स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा छापा हानिएको हो । त्युैगरी जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको छ ।
जबराका भाइ प्रभुशमशेर एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोलीले छापा मारेको छ । त्यस क्रममा महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको बताइएको छ । यसअघि प्रहरीले पक्राउ गरी राणालाई १२ घण्टा हिरासतमा राखेर छाडेको थियो ।