वेस्ट इण्डिजविरूद्ध नेपाललाई तेस्रो सफलता, सागरले लिए विकेट

वेस्ट इण्डिजविरूद्ध नेपाललाई तेस्रो सफलता, सागरले लिए विकेट

शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • वेस्ट इण्डिजविरूद्ध नेपाललाई तेस्रो सफलता, सागरले लिए विकेट

    काठमाडौं । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । तीनै विकेट सागर ढकालले लिएका हुन्।

    सागर ढकालले नै आफ्नो तेस्रो विकेटका रुपमा ११ रन बनाएका मार्क दयाललाई आउट गरेका हुन् ।  खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले ७.४ ओभरमा ३ विकेटको क्षतिमा ६१ रन बनाएको छ ।

    उनले आठौं ओभरमा दुई विकेट लिए।  त्यसअघि सागरले नै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

    वेस्ट इन्डिजले ३–१ ले शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij