काठमाडौं । वेस्ट इण्डिजविरूद्धको टी–२० सिरिजको अन्तिम खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ। त्रिवि मैदानमा टस जितेर वेस्ट इण्डिजले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।
पाँच खेलको टी–२० सिरिजको अन्तिम खेल बाँकी छँदै वेस्ट इण्डिजले सिरिज आफ्नो पक्षमा पारिसकेको छ। आजको खेलमा नेपाली टोलीमा दुई परिवर्तन गरेको छ । स्पिनर सागर ढकाल र अनिल शाह खेल्दा ललित नारायण राजवंशी र गुलशन झालाई बाहिर राखेको छ । टोलीमा अन्य परिवर्तन भने गरेको छैन ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जिसी, गुल्सन झा, अभिनाश बोहरा र सन्दीप जोरा छन् ।
सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ । आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित भएको थियो ।
दुवै देशले विश्वकपको तयारीस्वरूप सिरिज खेलेको हो। नेपालले यही सिरिजका बीच टी–२० विश्वकप खेल्ने नेपाली टिम घोषणा गरेको थियो।
अर्को महिना टी–२० विश्वकप खेल्न वेस्ट इण्डिज नै जाने नेपालका लागि आजको खेल महत्वपूर्ण हुनेछ।