नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

    काठमाडौं । पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत अन्तिम खेल आज नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच हुँदै छ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ मा सुरु हुनेछ । 

    सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ । आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । 

    तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको छ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच मैत्रीपूर्ण खेल भइरहेको हो।विश्वकप खेल्ने नेपाली टोलीलाई शुक्रबार नै विदाई गरिसकिएको छ । सिरिज सकेर नेपाली टोली विश्वकपका लागि त्यसतर्फ प्रस्थान गर्नेछन् ।

     विश्वकप जुन २ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ। विश्वकपमा नेपाल समूह ‘डी’ समूहमा छ। नेपालले खेल्ने समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिजले भने समूह ‘सी’ बाट विश्वकप खेल्दैछ ।  नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij