नेपालको लगातार तेस्रो हार,वेस्ट इन्डिजसँग २८ रनले पराजित

नेपालको लगातार तेस्रो हार,वेस्ट इन्डिजसँग २८ रनले पराजित

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • नेपालको लगातार तेस्रो हार,वेस्ट इन्डिजसँग २८ रनले पराजित

    काठमाडौं । नेपाल विरुद्ध वेस्ट इन्डिज ‘ए’ ले जित हात पारेको छ । वेस्ट इन्डिज टुर अफ नेपाल सिरिज अन्तर्गतको आज भएको चौथो खेलमा वेस्ट इन्डिजले २८ रनको जित हाँसिल गरेको हो । 

    टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०९ रनको योग बनाएको थियो । जितका लागि २१० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै १८१ रन मात्रै बनाएको हो । 

    नेपालका तर्फबाट कप्तान रोहित पौडेलले अर्धशतक पुरा गरेका थिए । उनले ४७ बलमा ८२ रनको योग बनाएका थिए । सन्दिप जोरा, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले १४–१४ बलमा १९–१९ रन बनाएका थिए । अभिनाश बोहोराले ८ बलमा १७ रन र सोमपाल कामीले १० बलमा १० रन बनाए भने अन्य खेलाडीहरुले दोहोरो अंकमा रन लिन सकेनन् । 

    आजको खेलमा हारेसँगै नेपालले यो सिरिजको लगातार तीन खेलमा पराजित भएको छ । पहिलो खेलमा भने नेपाल विजयी भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij