तेस्रो खेलमा  नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित

तेस्रो खेलमा  नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • तेस्रो खेलमा  नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित

    काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँग नेपाल पराजित भएको छ । वेस्ट इन्डिज टुर अफ नेपाल सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित भएको हो । 

    टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो । जितका लागि २२८ रनको लक्ष्य पाएको नेपाल १९।२ ओभरमा अलआउट हुँदै १५१ रन मात्र बनाउन सक्षम भयो । 

    नेपालका लागि लोकेश बाम र करण केसीले २८–२८ रन, कुशल मल्लले २० रन, विनोद भण्डारीले १९ रन र अनिल शाहले १४ रन बनाए भने अन्य खेलाडीहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

    यसअघि भएका दुई खेलमा नेपाल र वेस्ट इन्डिज दुबैले १–१ खेल जितेका थिए । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij