धुम्बाराहीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

धुम्बाराहीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • धुम्बाराहीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

    काठमाडौं । धुम्बाराहीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका ४, धुम्बराही चोकमा सोमबार राति बा प्र ०२–०३१ प ५०२२ नम्बरको मोटरसाइकल र बा ७५ प १६५२ नम्बरको स्कुटर ठोक्किएका थिए ।

    घटनामा स्कुटर चालक बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने २८ वर्षीय अन्नत कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारको क्रममा चाबहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो ।

    घाइते भएका मोटरसाइकल चालक ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij