कप्तान पौडेलको शतकमा नेपालको शानदार जित

कप्तान पौडेलको शतकमा नेपालको शानदार जित

शनिवार, बैशाख १५ २०८१
शनिवार, बैशाख १५ २०८१
  • कप्तान पौडेलको शतकमा नेपालको शानदार जित

    काठमाडौं । वेस्ट इन्डिज विरुद्ध नेपालले ४ विकेटको जित हाँसिल गरेको छ । वेस्ट इन्डिज ए टुर अफ नेपाल सिरिज अन्तर्गतको आज भएको खेलमा नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

    टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङको निम्ता दिएको नेपालले जितका लागि २०४ रनको विशाल लक्ष्य पाएको थियो । सो लक्ष्य १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै नेपालले शानदार जित हाँसिल गरेको हो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले शतक पूरा गरे । उनले ५४ बलमा ११२ रन बनाएका हुन् । दिपेन्द्र सिंह ऐरीले २४, कुशल भुर्तेल र मल्लले १६-१६ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij