डेढ किलो सुन र १ करोड रुपैयाँसहित ७ जना पक्राउ

डेढ किलो सुन र १ करोड रुपैयाँसहित ७ जना पक्राउ

शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • डेढ किलो सुन र १ करोड रुपैयाँसहित ७ जना पक्राउ

    काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।

    काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १ हजार ७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू, आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल पक्राउ गरेको छ । त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij