काठमाडौं । नेपाल यूएईसँग ६ विकेटले पराजित भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनल चरणमा नेपाल यूएईसँग ६ विकेटको फराकिलो अन्तरले पराजित भएको हो ।
सेमिफाइनलमा यूएईसँग हारेसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएर १२० रनको लक्ष्य दिएको थियो । सो लक्ष्य यूएईले १७.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो ।
नेपालका लागि गुल्सन झाले २ विकेट र सोमपाल कामी र ललित राजवंशीले १–१ विकेट लिए ।
नेपालले गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको थियो । यसपटक नेपालले समूहगत चरणका सबै ४ खेल जितेर विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।