एसीसी प्रिमियर कप सेमिफाइनल : नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य

एसीसी प्रिमियर कप सेमिफाइनल : नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • एसीसी प्रिमियर कप सेमिफाइनल : नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य

    काठमाडौं । नेपालले यूएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनल चरणको आजको खेलमा नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको हो । 

    नेपालका तर्फबाट सन्दिप जोराले अर्धशतक पुरा गरे । जोराले ४० बलमा ५० रन बनाउँदै अर्धशतक बनाएका हुन् । अन्य खेलाडीहरु गुल्सन झाले २० रन, करण केसीले १७ रन बनाए भने अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij