काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालका सन्दिप जोराले अर्धशतक पुरा गरेका छन् । ओमानमा चलिरहेको एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनल चरणको आजको खेलमा जोराले ३९ बलमा ५० रन बनाएर अर्धशतक पुरा गरेका हुन् ।
अर्धशतक पुरा गरेसँगै जोरा खेलबाट आउट भए । अहिले नेपाल १४.२ ओभरमा ६ विकेट गुमाएर ८० रनको योगसहित यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ ।