कांग्रेस वडा अधिवेशन आजदेखि सुरु

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु

शनिवार, आश्विन ३ २०८३
शनिवार, आश्विन ३ २०८३
  • कांग्रेस वडा अधिवेशन आजदेखि सुरु

    काठमाडौं । नेपाली कांग्रेसको वडा तहको अधिवेशन आजदेखि सुरु हुँदैछ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत देशभर असोज ३ र ४ गते वडा तहको अधिवेशन हुन लागेको हो।

    कांग्रेसले वडा अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई सक्रिय र उत्साहपूर्ण सहभागिता जनाउन आग्रह गरेको छ।

    केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ। त्यसको तयारीस्वरूप वडा तहको निर्वाचन कार्यक्रम सञ्चालन गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

    जिल्ला निर्वाचन अधिकृतहरूले जिल्ला तथा स्थानीय तहका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यहरूसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका आवश्यक तयारी पूरा गरिसकेका छन्।

    केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनलाई लक्षित गरी फैलिन सक्ने अफवाह तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ। समितिले निर्धारित मिति असोज ३ र ४ गते हुने निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन सबै क्रियाशील सदस्य तथा पार्टीका तह र निकायलाई अनुरोध गरेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij