जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा

जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा

आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना केन्द्रीय नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन् ।

    राजीनामा दिनेमा पूर्वसांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मोहम्मद युसुफ साफी, केन्द्रीय निर्वाचन समिति तथा कानुन विभागका सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमन रहेका छन् ।

    चारै जनाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै जसपा नेपालमा आफूहरूले सम्हाल्दै आएको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जनाएका हुन् । उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने स्पष्ट गरेका छन् ।

    पार्टी परित्याग गरेका नेताहरूले अब ‘हुँकार मधेश’ अभियानमार्फत आफ्नो राजनीतिक यात्रा अघि बढाउने घोषणा गरेका छन् । मधेशका मुद्दालाई केन्द्रमा राखेर नयाँ राजनीतिक अभियानमा सक्रिय हुने उनीहरूको भनाइ छ ।

    यसअघि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झासहित नौ जना केन्द्रीय नेताले पार्टी परित्याग गरेका थिए । उनीहरूले असोज ९ गते काठमाडौंमा ‘हुँकार मधेश’ नामक नयाँ राजनीतिक अभियान सुरु गर्ने घोषणा गरेका थिए ।

    जसपा नेपालबाट चार नेताको सामूहिक बहिर्गमनसँगै ‘हुँकार मधेश’ अभियानमा आबद्ध हुने नेताहरूको संख्या थपिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij