गाउँपालिका अध्यक्ष पक्राउ, के छ अभियोग ?

गाउँपालिका अध्यक्ष पक्राउ, के छ अभियोग ?

बिहिवार, चैत्र २९ २०८०
बिहिवार, चैत्र २९ २०८०
  • गाउँपालिका अध्यक्ष पक्राउ, के छ अभियोग ?

    काठमाडौं । रसुवाको एक गाउँ पालिकाका अध्यक्ष पक्राउ परेका छन् । मानव बेचबिखनको आरोपमा प्रहरीले रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु घलेलाई पक्राउ गरेको हो ।

    सोहि गाउँपालिका– १ का ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई मानव बेचविखन ब्‍यूरोको टोलीले बुधबार बबरमहलबाट पक्राउ गरेको बताइएको छ । ब्युुरोका प्रहरी प्रवक्ता एसपी ज्ञानेन्द्र प्रसाद फुयालका अनुुसार पक्राउ परेका घलेलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

     आर्थिक अवस्था कमजोर भएकी एक युुवतीलाई कुवेतमा मासिक २८ हजार तलब दिने काममा लगाइ दिने भन्‍दै मिलेमतोमा भारतको नयाँदिल्लीमा पुर्‍याएर भिजिट भिसामा श्रीलंकाको कोलम्वो पुुर्याएको आरोप घलेमाथि लागेको बताइएको छ । घटनामा संलग्न अन्य अभियुक्तहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij