हेमराज ढकाल "सुमन"
हाम्रो एउटा गाउँ मात्रै बगाएन साथी
हजारौंको विगत अनि भबिस्य बगायो
नातगोता इष्टमित्र परिवार सबै बगायो
बा-आमाले पालेका चौपाया धन सम्पत्ति बगायो ।
मैले सानोमा हिलो र धुलो खेलेको ठाउँ
कखरा सिकेको हाम्रो सानो स्कुल बगायो
बिहानै पुज्ने हाम्रा भगवान बगायो
साथी तिमीलाई थाहा छ ? मेरो गाउँ बगायो ।।
त्रिशुलीको छालले हाम्रो सबै बगायो
हेर्दैछु अलि पर-पर म मान्छेहरुको साथी
बुद्धि, विवेक, चेतना अनि मानवता पनि बगायो
मेरो मरेकी दिदिको लाशबाट गहना हरायो ।।।
हिलो लेदो बालुवामा पुरिएका आफन्तहरु
खोज्दै छौ हामी अन्तिम बिदाई गर्न
सक्छौं आउ मलामी साथी तिमी पनि
कात्रो किन्ने पैसा पनि छैन हाम्रो साथमा ।।।।