यूएईले बाढी प्रभावितका लागि १ करोड अमेरिकी डलर सहयाेग गर्ने

यूएईले बाढी प्रभावितका लागि १ करोड अमेरिकी डलर सहयाेग गर्ने

शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • यूएईले बाढी प्रभावितका लागि १ करोड अमेरिकी डलर सहयाेग गर्ने

    काठमाडाैँ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी डलर बराबरको आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने भएको छ । यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा उक्त सहायता घोषणा गरिएको हो।

    बाढीका कारण ठुलो संख्यामा जनधनको क्षति हुनुका साथै धेरै नागरिक घाइते तथा बेपत्ता भएको अवस्थामा प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहायता प्रदान गर्न लागिएको यूएईले जनाएको छ । यूएई एड एजेन्सीमार्फत उपलब्ध गराइने साे सहायता प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा प्रयोग गरिने जनाइएको छ।

    यूएई एडका टोलीले स्थानीय अधिकारी तथा अन्तर्राष्ट्रिय मानवीय संस्थासँग समन्वय गरी सबैभन्दा बढी प्रभावित र तत्काल सहायता आवश्यक रहेका क्षेत्रमा राहत पुर्‍याउने जनाएको छ । यसअघि विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाले नेपालका बाढी प्रभावितका लागि आर्थिक सहायता, राहत सामग्री तथा उद्धार सहयोग उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।

    विपद्को यस कठिन घडीमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका प्रयासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा नेपाल सरकारले गरेको छ ।  बुधबारको बाढीबाट झण्डै पाँच सयकाे मृत्यु भएको छ भने करिव एक हजार सम्पर्क बिहिन छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij