काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रका लागि विश्व बैंकले १७ करोड अमेरिकी डलर डलर सहयोग गर्ने भएको छ। अर्थ मन्त्रालयका अनुसार यो रकम करिब २५ अर्ब नेपाली रुपैयाँ बराबर हो।
सो रकममध्ये एक करोड अमेरिकी डलर तत्कालको राहत तथा पुनःस्थापनाका लागि ुर्यापिड रेस्पोन्स अपरेसनु मार्फत परिचालन गरिनेछ। अन्य रकम भौतिक पूर्वाधार निर्माण र पुनस्थापनामा खर्च गरिने अर्थमन्त्रालयले जनाएको छ ।
यसैबीच, भारत सरकारले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १० टन मानवीय सहायता सामग्री तथा अत्यावश्यक औषधि उपलब्ध गराएको छ। सो सामाग्री बुधवार रातीनै काठमाडौं आईपुगेको छ ।

बाढीप्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि पठाइएको पहिलो किस्ताको सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेललाई हस्तान्तरण गरेका छन्। सामग्री हस्तान्तरणका क्रममा राजदूत श्रीवास्तवले यस विषम परिस्थितिमा भारत सदैव नेपाल र नेपाली जनताको साथमा रहेको र थप सहयोग गर्ने बचन दिए ।