सुनको मूल्य ३२०० रुपैयाँ बढ्यो, कति पर्छ तोलाको ?

सुनको मूल्य ३२०० रुपैयाँ बढ्यो, कति पर्छ तोलाको ?

सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • सुनको मूल्य ३२०० रुपैयाँ बढ्यो, कति पर्छ तोलाको ?

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ।

    आइतबार प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज ३ हजार २०० रुपैयाँले बढेको हो।महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार ६६५ रुपैयाँ कायम भएको छ।

    यस्तै, चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ९६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।आज १० ग्राम चाँदीको मूल्य ४ हजार २५७ रुपैयाँ कायम भएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij