सिनामंगलको सुकुम्वासी बस्तीबाट ३ महिलासहित ४ जना लागूऔषध कारोबारी पक्राउ

सिनामंगलको सुकुम्वासी बस्तीबाट ३ महिलासहित ४ जना लागूऔषध कारोबारी पक्राउ

बुधवार, चैत्र २८ २०८०
बुधवार, चैत्र २८ २०८०
  • सिनामंगलको सुकुम्वासी बस्तीबाट ३ महिलासहित ४ जना लागूऔषध कारोबारी पक्राउ

    काठमाडौं । काठमाडौंको सिनामंगलस्थित सुकुम्वासी बस्तीमा लागु औषध कारोबार गरिरहेको आशंकामा ३ महिलासहित ४ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा चितवनको भरतपुरकी ५१ वर्षीया लक्ष्मी परियार, कैलालीको धनगढीका ३५ वर्षीय इन्द्र बानियाँ, दोलखाकी ३४ वर्षीया सृजना विक र ५१ वर्षीया मिना बस्नेत रहेका छन् ।

    उनीहरू सबै उक्त सुकुम्वासी बस्तीमा बस्दै आएका थिए । प्रहरीले उनीहरूको साथबाट २४ एम्पुल नुरफिन, ९५ एम्पुल डाइजापाम, ४७ एम्पुल फेनरागन तथा ४ लाख १६ हजार ३ सय ५० रुपैयाँ बरामद भएको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij