प्रतिनिधिसभाको बैठक सुरू

प्रतिनिधिसभाको बैठक सुरू

बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • प्रतिनिधिसभाको बैठक सुरू

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१/८२’ पेस गर्नुहुने कार्यसूची रहेको छ ।

     यसैगरी मन्त्री गौतमले  ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पैतिसौँ वार्षिक प्रतिवेदन २०८१/०८२’ पेस गर्नुहुने छ ।  प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट  मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । 

    मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने  कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij