चेन्नाईको लगातार दोस्रो हार, हैदराबाद ६ विकेटले विजयी

चेन्नाईको लगातार दोस्रो हार, हैदराबाद ६ विकेटले विजयी

शनिवार, चैत्र २४ २०८०
शनिवार, चैत्र २४ २०८०
  • चेन्नाईको लगातार दोस्रो हार, हैदराबाद ६ विकेटले विजयी

    काठमाडौं । इन्डिएन प्रिमिर लिग (आईपीएल)को जारी सिजनमा चेन्नाई सुपर किंग्सले दोस्रो पराजय व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा चेन्नाईलाई सनराइजर्स हैदराबादले ६ विकेटले पराजित गरेको हो ।यो सिजन इन्डियन प्रियिमर लिग (आईपीएल) मा हैदराबादको दोस्रो जीत हो ।

    चेन्नाईले दिएको १६६ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । हैदराबादलाई जिताउन ऐडन मार्क्रमले ५०, ओपनर अभिषेक शर्माले घ७, ट्राभिस हेडले ३१, नितिश कुमार रेड्डीले १४ र हेनरिच क्लासेनले अविजित १० रनको योगदान गरे ।

    चेन्नाईका मोइन अलीले २, दीपक चाहर र महिश थिकशानाले एक÷एक विकेट लिए । यसअघि ब्याटिङ गरेको चेन्नाईले पाँच विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १६५ रन बनाएयो ।

    चेन्नाईका शिवम दुवेले ४५,  रवीन्द्र जडेजाले ३१, अजिंक्या रहानले ३५ रन,  रुतुराज गायकवाडले २६ रन जोडे । हैदराबादका भुवनेश्वर कुमार, टी नटराजन, प्याट कमिन्स, सहबाज अहमद र जयदेव उनादकटले एक÷एक विकेट लिए ।

    यो खेल हारे पनि दुईमा जित र दुईमा हार व्यहोरेर ४ अंक जोडेको चेन्नाई तेस्रो स्थानमा छ भने चार खेलमा ४ अंक नै जोडेको हैदराबाट पाँचौं स्थानमा छ । रनरेटका कारण हैदराबादभन्दा लखनउ एकस्थानमा माथि चौथो स्थानमा रहेको छ ।

    सतप्रतिशत जितका साथ समान ६ अंक जोडेका कोलकाता नाइट्स राइडर्स र राजस्थान रोयल्स क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij