रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत

रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत

आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत

    सिमकोट(हुम्ला) । राष्ट्रिय स्वतन्त्र पार्टीकोे पहिलो जिल्ला भेलाले लक्ष्मण ऐडीको नेतृत्वमा सर्वसम्मतिमा नौ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । उनी यसअघि उपसभापति थिए । 

     भेलाले उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बाहेरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको हो । भेलाले सदस्यमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र अस्मिता बुढालाई चयन गरेको छ ।समितिलाई भेलाले चयन गरेको हो । 


    यसैबीच, सभापति चयन भएपछि ऐडीले देश र जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij