६० रनमै समेटियो नेपाल, आयरल्याण्डको ११४ रनको फराकिलो जित

६० रनमै समेटियो नेपाल, आयरल्याण्डको ११४ रनको फराकिलो जित

शुक्रवार, चैत्र २३ २०८०
शुक्रवार, चैत्र २३ २०८०
  • ६० रनमै समेटियो नेपाल, आयरल्याण्डको ११४ रनको फराकिलो जित

    काठमाडौं । दोस्रो एकदिवसीय श्रृंखला अन्तरगतको आजको खेलमा नेपाल ए ले लज्जास्पद हार व्यहोरेको छ ।  आयरल्यान्ड उल्भ्सविरुद्ध १७५ रनको लक्ष्य पच्छ्याएको नेपालले १६.५ ओभरमा ६० रन बनाउँदै अलआउट भएको हो । 

    नेपालका लागि भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमलसिंह ऐरी र मौसम ढकाल शून्य रनमा आउट भए ।

    आयरल्याण्डका माथ्यू हम्फेस एक्लैले ६ विकेट लिए ।

    यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको आयरल्यण्डले ३८ दशमलव ४ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij