काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रसाईंलाई सोमबार राति प्रसाईंलाई वीरगन्जको एक होटलबाट प्रहरीले नियन्त्रणमा लिइएको हो ।
अफवाह फैलाएको आरोपमा प्रसाईंलाई पर्शा प्रहरीले नियन्त्रणमा लिइएको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ प्रहरीले केही विषयमा सोधपुछ गर्न प्रसाईंलाई पक्राउ गरिएको जनाएको छ । के विषय भन्ने कुरा भने प्रहरीले खुलाएको छैन ।
नागरिक बचाउ अभियानका संयोजक समेत रहेका प्रसाईंलाई प्रहरीले जरूरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिएको बताइएको छ । उनी गहवामाई मन्दिरमा दर्शन गर्ने लगायत कार्यक्रमका लागि वीरगन्ज पुगेको प्रसाई निकट श्रोतले जनाएको छ ।