एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

सोमवार, जेठ ४ २०८३
सोमवार, जेठ ४ २०८३
  • एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

    भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज सम्पन्न एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ ।

    पार्टीका उपमहासचिव लेखराज भट्टले आज बसेको सचिवालय बैठकले भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको जानकारी दिनुभयो । यसैगरी  बैठकमा सरकारको कामको समीक्षा, पार्टी सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजनका बारेमा छलफल भएको थियो । 

    पार्टी अध्यक्ष ओलीले सम्बोधन गरेको सचिवालय बैठकमा पदाधिकारीहरुको वरियता क्रम, संविधान संशोधनका विषय, पार्टी कार्यालय भवन निर्माणलगायतका प्रस्ताव पेस गरिएको थियो ।

    बैठकमा विभिन्न ११ वटा प्रस्ताव पेसको जानकारी दिँदै नेता भट्टले अर्को बैठक यही जेठ ८ गते शुक्रबार बस्ने बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij