गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

बुधवार, चैत्र २१ २०८०
बुधवार, चैत्र २१ २०८०
  • गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

    काठमाडौं । भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले लगातार तेस्राे जित हात पारेकाे छ । आज भएकाे खेलमा नेपालले गुजरातलाई ८ रनले हरायाे ।

    नेपालले दिएकाे १ सय ८२ रनकाे लक्ष्य पछ्याएकाे गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनायाे । गुजरातका उमङ्ग टन्डेलले सबैभन्दा धेरै ४७ रन बनाए । बलिङतर्फ नेपालका कुशल मल्ल र साेमपाल कामीले समान २ विकेट लिए ।

    यसअघि गुजरातको वापीमा रहेको साई मेघपन मैदान टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायाे । नेपालका आसिफ शेखले ८५, कुशल भुर्तेलले ६७ रन बनाए । कुशल र आसिफले पहिलाे विकेटका लागि १ सय २५ रनकाे साझेदारी गरे । बलिङतर्फ गुजरातका जयमीत पटेलले ३ विकेट लिए ।

    याे जितसँगै नेपाल एक खेलअघि नै फाइनलमा पुगेकाे छ । प्रतियाेगितामा पर्सि शुक्रवार नेपाल र बराेडाबीच खेल हुनेछ । हिजो भएको खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो ।

    टी–२० क्रिकेट शृङ्खलाकाे फाइनल खेल आउँदो २५ गते आइतवार  हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij