काठमाडौं । सरकारले आगामी बर्षको नीति तथा कार्यक्रम वैशाख २८ गते ल्याउने भएको छ । अपराह्न चार बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते राष्ट्रपतिले नीति तथा कार्यक्रमसहित संसदको संयुक्त सदनमा सम्बोधन गर्ने निर्णय गरेको थियो ।
विगतमा पहिले प्रि–बजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याउने गरिएको थियो । अघिल्लो वर्ष भने नीति तथा कार्यक्रम ल्याएपछि मात्रै प्रि–बजेट छलफल भएको थियो ।