काठमाडौं । एकदिवसीय अभ्यास खेलमा नेपाल ए आयरल्याण्डसँग २१ रनले पराजित भएको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १५७ रनको लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रन बनाउँदै अलआउट भएको हो ।
नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए । देव खनाल २२ बलमा ४ चौकासहित २६ रनमा आउट भए । नेपाललाई ओपनर अर्जुन कुमाल र देव खनालले ५ ओभरमा ३५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
पालका लागि साहब आलमले सर्वाधिक ३७ रनको योगदान गरे । नवौँ नम्बरमा क्रिज समाल्न आएका साहब आलमले ३४ बलको सामना गरी एक छक्का चार चौका हिर्काए । नेपालका लागि ओपनर देव खनालले पनि २६ रन बनाए । उनले २२ बलमा चार चौका हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका बसिर अहमदले २० रन जोडे । उनले २१ बलमा एक छक्का र दुई चौका हिर्काए । रिजन ढकाल ३५ बलमा १२ रन बनाउँदै अविजित रहे । नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर अर्जुन कुमाल नौ रनमा आउट भए । भीम सार्की, आरिफ शेख र मौसम ढकालले त खातासम्म खोल्न सकेनन् । अर्जुन साउद चार रन बनाउँदै पेभेलियन फर्किए ।
कप्तान विनोद भण्डारी पनि नौ रनभन्दा अगाडि बढ्न सकेनन् । कमलसिंह ऐरी ६ रनमा आउट भए । नेपालले अतिरिक्त रुपमा १३ रन पायो ।