नेपालका कमलसिंह ऐरीको ह्याट्रिक, आयरल्यान्डले नेपाललाई दियो १५८ रनको लक्ष्य

नेपालका कमलसिंह ऐरीको ह्याट्रिक, आयरल्यान्डले नेपाललाई दियो १५८ रनको लक्ष्य

बुधवार, चैत्र २१ २०८०
बुधवार, चैत्र २१ २०८०
  • नेपालका कमलसिंह ऐरीको ह्याट्रिक, आयरल्यान्डले नेपाललाई दियो १५८ रनको लक्ष्य

    काठमाडौं ।  पहिलो एकदिवसीय क्रिकेटमा बुधबार आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई जितका लागि १ सय ५८ रनको लक्ष्य दिएको छ ।बुधबार त्रिवि क्रिकेट मैदानमा टस‍ जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अल आउट भएको हो । 

    त्रिवि क्रिकेट मैदानमा टस‍ जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अल आउट भयो ।

    नेपालको बलिङसामु आयरल्यान्ड ए का कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । नेपालका कमलसिंह ऐरीले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए ।

    कमलले ३९ औं ओभरको पहिलो बलमा लियाम म्याकार्थीलाई डीप मिडविकेटमा साहबबाट २ रनमा क्याच, दोस्रो बलमा म्याथ्यु हम्फ्रेज र तेस्रो बलमा बेन ह्वाइटलाई बोल्ड गर्दै ह्याट्रिक लिए ।

    त्यस्तै,  मौसम ढकाल र साहब आलमले दुई/दुई तथा रिजन ढकालले एक विकेट लिए ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij