दशौं भक्तपुर महोत्सव सकियो, १ लाख दर्शकले गरे अवलोकन

दशौं भक्तपुर महोत्सव सकियो, १ लाख दर्शकले गरे अवलोकन

मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • दशौं भक्तपुर महोत्सव सकियो, १ लाख दर्शकले गरे अवलोकन

    भक्तपुुर । दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सम्पन्न भएको छ । १२ दिनसम्म चलेको महोत्सवमा करिव १ लाख दर्शकले अवलोकन गरेका थिए । 

    आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार, महोत्सवमा उपभोक्तालाई एउटै स्थानबाट दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सम्पूर्ण  सामग्री विशेष छुटमा  उपलब्ध गराइएको थियो । महोत्सवमा स्थानीय उत्पादनदेखि हस्तकलाका सामाग्री समेत राखिएको अध्यक्ष महतले बताए । 

      एक सय ५० भन्दा बढी स्टल रहेको  महोत्सवमा  करिब ३ करोड रुपैँया बराबरको व्यापार भएको अध्यक्ष महतले जानकारी दिए । महोत्सवका क्रममा  दैनिक रुपमा चर्चित कलाकारहरुले सांगीतक प्रस्तुती दिएका थिए । 

    महोत्सवका संयोजक दीपक थापाका अनुसार, महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउलगायतका मनोरञ्जनात्मक खेलका साधनहरू राखिएको थियो । महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले यस्ताखालका महोत्सवले स्थानीय बजार चलायमान बनाउन सहयोग पुग्ने बताए । 

    यस्ता महोत्सवले रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरण गर्न समेत टेवा पुग्ने नगरप्रमुख थापाको भनाइ थियो । भक्तपुर जिल्ला र सूर्यविनायक नरगपालपालिकाको साँस्कृतिक तथा पर्यटकिय गतिविधीलाई बढाउने महोत्सवलाई नरगपालिकाले सधै साथ दिने नगर प्रमुख थापाले बताए ।

    नृत्य प्रतियोगीतामा प्रथमलाई २० हजार पुरस्कार 

    दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा नृत्य प्रतियोगीता सम्पन्न भएको छ । सो प्रतियोगीतामा रतिश गिरी प्रथम हुदैं नगद २० हजार पुरस्कार प्राप्त गरे । दोस्रो स्थान हात पार्ने  अन्नी तामाङले नगद १० हजार, तेस्रो स्थान ल्याएकी स्प्रीका शाहीले ५ हजार नगद पुरस्कार प्राप्त गरिन् । 

    रेम्बो तामाङ र रेविका लामाले सान्तवना पुरस्कार स्वरूप जनही २ हजार ५ सय नगद पुरस्कार पाए । सोहि अवसरमा समय समाज साप्ताहीककी पत्रकार सिर्जना खतिवडालाई नगद ५ हजारसहित सम्मान गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij