गाईघाट । उदयपुरमा आगोलागीमा परेर दुई जनाको मृत्युु भएको छ ।थप एक जना घाईते भएका छन् ।
जिल्लाको चौदण्डिगढी नगरपालिका–७ बेल्टारवजारमा मंगलबार बिहान भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का छन् ।
आगोमा जलेर अस्मिता खड्का घाइते भएकी छिन् । उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ । आज बिहान करिब पौने ३ बजे लक्ष्मीनारायणको घरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।
आगोले लक्ष्मीनारायण, रबिन कुमार दास र सकलदेवको घर समेत जलेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा मंगलबार बिहान आगो नियन्त्रणमा आएको थियो ।
घट्नाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।