उदयपुर । उदयपुरमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा आइतबार साँझ चक्कु प्रहार गरी एक जनाको हत्या भएको हो।
बेलटार वजार घर भएका ७३ वर्षीय रामप्रसाद राईले छिमेकी ६४ वर्षीय महासेर राईको चक्कु प्रहार गरि हत्या गरेका हुन् । सामान्य विवादका क्रममा रामप्रसादले महासेरको छातीको दाइने भागमा चक्कु प्रहार गरेपछि स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार लग्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गर्ने रामप्रसादलाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।