अक्षय तृतीया मेलाको तयारी पूरा

अक्षय तृतीया मेलाको तयारी पूरा

आइतवार, बैशाख ६ २०८३
आइतवार, बैशाख ६ २०८३
  • अक्षय तृतीया मेलाको तयारी पूरा

    भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा सोमबार अक्षय तृतीयाका दिन बिहान ४ः०० बजेदेखि चारवटै ढोका खुल्ला गरी लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार बिहान ४ः०० बजेदेखि पूजा तथा दर्शनका लागि मन्दिरका चारवटै ढोका खोल्ने गरी तयारी गरिएको हो ।

    भक्तपुरको सिपाडोलस्थित यस मन्दिरमा अक्षय तृतीयाका दिन बिहानैदेखि भक्तजनका लागि मन्दिरका चारै ढोका खुल्ला गरी मन्दिरभित्र प्रवेश गरेर आफैँले पूजा एवं दर्शन गर्ने गरी व्यवस्थापन गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज सञ्चारकर्मीलाई जानकारी दिए । 

    डोलेश्वर महादेव मन्दिरमा अन्य दिनमा बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भए पनि केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएको दिन भदौ ६ गते, शिवरात्रि र अक्षय तृतीया गरी वर्षमा तीन दिन मन्दिरभित्रै गर्भगृहमा प्रवेश गरी पूजा गर्न पाउने व्यवस्था गरिने गरिएको उनले जानकारी दिए । 

    मेलामा हुनसक्ने घुइँचो व्यवस्थापनका लागि समितिले स्वयंसेवक समितिको नेृत्वमा ४० जना स्वयंसेवक परिचालन गर्ने र दर्शनार्थीलाई लाइन बसेको २० देखि ३० मिनेटभित्रै दर्शन एवं पूजा गर्नेगरी व्यवस्थापन गरिएको उनले जानकारी दिए । मेलामा देशका विभिन्न जिल्लाका साथै भारतबाट पनि हजारौँ दर्शनार्थी आउने जानकारी दिँदै उनले सोमबार एकै दिन ६० हजारभन्दा बढीले दर्शन गर्नेगरी तयारी पूरा गरिएको बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij