मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले आज बरोडासँग खेल्दै

मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले आज बरोडासँग खेल्दै

मंगलवार, चैत्र २० २०८०
मंगलवार, चैत्र २० २०८०
  • मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले आज बरोडासँग खेल्दै

    काठमाडौं ।  नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।

    अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । त्यस्तै हिजोको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो ।

    भोलि नेपाल र गुजरात तथा शुक्रवार नेपाल र बरोडबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij