कांग्रेसका सभापतिसहित सबै पदाधिकारी प्रतिनिधिसभा निर्वाचनमा पराजित

कांग्रेसका सभापतिसहित सबै पदाधिकारी प्रतिनिधिसभा निर्वाचनमा पराजित

आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • कांग्रेसका सभापतिसहित सबै पदाधिकारी प्रतिनिधिसभा निर्वाचनमा पराजित

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिसहित सबै पदाधिकारी पराजित भएका छन् । पार्टीले उम्मेदवार बनाएका आठ पदाधिकारीमध्ये एकजनाले पनि प्रत्यक्षतर्फ जीत हासिल गर्न सकेनन् ।

    २१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै सर्लाही–४ बाट मैदानमा उतारेको थियो । तर उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंहसँग झण्डै ११ हजार मतले पराजित भए । सिंहले ३५ हजार ६८८ मत ल्याएर निर्वाचित हुँदा थापाले २२ हजार ८३१ मत पाएका छन् ।

    कांग्रेस महामन्त्रीहरू प्रदीप पौडेल र गुरूराज घिमिरे पनि पराजित भएका छन् । काठमाडौं–५ मा पौडेल रास्वपाका सम्मित पोखरेलसँग करिब २१ हजार मतान्तरले पराजित भए भने मोरङ–४ मा घिमिरे रास्वपाका सन्तोष राजवंशीसँग २८ हजारभन्दा बढी मतले हारेका छन् ।

    त्यस्तै कांग्रेसका सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा पनि चुनावमा पराजित भएका छन् । मन्सुर बारा–३ मा रास्वपाका अरबिन्द साहसँग, राणा ललितपुर–१ मा रास्वपाका बुद्धरत्न महर्जनसँग तथा चौधरी दाङ–१ मा रास्वपाका देवराज पाठकसँग पराजित भए । सुदूरपश्चिमको बझाङमा रसाइली नेकपा एमालेका ऐनबहादुर महरसँग हारेका छन् भने डोल्पामा कर्णबहादुर बुढा आफ्नै भाइ तथा नेकपा उम्मेदवार धनबहादुर बुढासँग पराजित भएका छन् ।

    यस पटकको निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ १७ सिटमा सीमित भएको छ । कांग्रेसबाट कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा मात्रै उम्मेदवार विजयी भएका छन् । कर्णाली प्रदेशमा भने कांग्रेसले पाँच सिट जित्दै तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij