काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मुगुबाट नेपाली कांग्रेसका उम्मेदवार खड्ग शाही निर्वाचित भएका छन् । उनले ७ हजार ९१४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर रोकायाले ६ हजार ७१८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका चन्द्रबहादुर शाहीले ५ हजार ५५८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० मत प्राप्त गरेका छन् ।
यो जितसँगै प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १७ सीटमा विजय हासिल गरेको छ ।
यसैबीच कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले हालसम्म ५ सीटमा जित हात पारेको छ ।