काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनक गिरी विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार कांग्रेसका गिरीले १७ हजार १७३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापाले १६ हजार ६३३ मत प्राप्त गरेका छन् । गिरीले थापालाई ५४० मतान्तरले पराजित गरेका हुन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवार प्रकाश शाहले ३,४२४ मत, नेपाल कम्युनिष्ट पार्टी माओवादीका भुपेन्द्र विकले ३३३, राप्रपाका केशर शाहीले ३५२ मत प्राप्त गरेका छन् । साथै, प्रगतिशिल लोकतान्त्रिक पार्टीका दिपक डिसीले ९७ मत र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत प्राप्त गरेका छन् ।