आईजीपी बन्न नपाएका पोखरेल ५ मतान्तरले प्रतिनिधिसभामा निर्वाचित

आईजीपी बन्न नपाएका पोखरेल ५ मतान्तरले प्रतिनिधिसभामा निर्वाचित

आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • आईजीपी बन्न नपाएका पोखरेल ५ मतान्तरले प्रतिनिधिसभामा निर्वाचित

    काठमाडौं । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तथा आईजीपी बन्नबाट वञ्चित भएका विश्वराज पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

    ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका पोखरेल ५ मतान्तरले विजयी भएका हुन् ।

    निर्वाचन परिणामअनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुमार लुईटेलले १३ हजार ९४८ मत ल्याएका छन् ।

    जम्मा ५ मतको झिनो अन्तरले पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    पोखरेल नेपाल प्रहरीको आईजीपी नियुक्तिको प्रतिस्पर्धामा पहिलो वरियतामा रहँदा पनि सरकारले उनलाई आईजीपी नबनाएपछि उनी चर्चामा आएका थिए । त्यसपछि उनले राजनीतिमा प्रवेश गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij