रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचित

आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचित

    चन्द्रपुर  ।  रौतहट २ मा नेपाली कांग्रेसका डा मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले २९ हजार ५२८ मत प्राप्त गरेको  निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिए ।

    नव निर्वाचित डा आलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन् । 

    सो क्षेत्रको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले नौ हजार ३२५ मत, जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले दुई हजार ९६० मत ल्याएर चौथो र नेकपा ९एमाले०का उम्मेदवार मोहम्मद अतिउल्लाहले दुई हजार ३८२ मत प्राप्त गरेका छन् ।

    उक्त क्षेत्रमा एक लाख आठ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गर्नुभएको थियो । यसमा ६६ हजार १४४ मत सदर र पाँच हजार ४०२ मत बदर भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij