मोरङ–३ मा रास्वपाका कार्की विजयी, सुनिल शर्मा पराजित

मोरङ–३ मा रास्वपाका कार्की विजयी, सुनिल शर्मा पराजित

आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • मोरङ–३ मा रास्वपाका कार्की विजयी, सुनिल शर्मा पराजित

    बेलबारी  ।  मोरङका ३   मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की विजयी भएका छन् ।

    गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार  उनले  ३६ हजार ९२४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस  पार्टीका उम्मेदवार सुनिलकुमार शर्माले २४ हजार ३५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार इरन राईले सात हजार ७५२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा एक लाख ५८ हजार ५७ कुल मतदाता रहेकामा ९६ हजार ६७७ मत खसेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij