हुम्लामा कांग्रेसका रोकाया विजयी

हुम्लामा कांग्रेसका रोकाया विजयी

आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • हुम्लामा कांग्रेसका रोकाया विजयी

    सिमकोट  ।  प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित भएका छन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया आठ हजार ७९६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका डा दिपेन्द्र रोकायाले सात हजार २४३ मत प्राप्त गरे ।

    यस्तै नेकपा (एमाले)का दल फडेराले चार हजार ३३१, रास्वपाका टासी ल्हाजोमले एक हजार, प्रलोपाका जटिल कार्कीले २४८, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० का कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गर्नुभयो । हुम्लाका ६४ मतदान केन्द्रमा २२ हजार ४६७ मत खसेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij