अन्नपूर्णबाट करिब ४ करोड मूल्य बराबरको सुन्तला बिक्री

अन्नपूर्णबाट करिब ४ करोड मूल्य बराबरको सुन्तला बिक्री

बुधवार, फाल्गुण ६ २०८२
बुधवार, फाल्गुण ६ २०८२
  • अन्नपूर्णबाट करिब ४ करोड मूल्य बराबरको सुन्तला बिक्री

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु चार करोड आम्दानी गरेका छन् ।

    अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण संकलन गरेको हो । कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट तीन करोड ८८ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको जानकारी दिए।

    वडा नं १ दोवामा ७० लाख, वडा नं २ भुरुङ-तातोपानीमा  ३९ लाख, वडा नं ३ दानामा र २१ लाख, वडा नं ४ नारच्याङमा  १० लाख, वडा नं ६ घारमा  ६० लाख र वडा नं ७ हिस्तान दोसल्ले र औलामा  एक करोड ८८ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको उनले बताए।

    दुई सय जनाभन्दा बढी किसानले न्यूनतम ५० हजारदेखि रु २० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् । सबैभन्दा बढी दोसल्लेका किसान विकास श्रेष्ठले रु २० लाखको सुन्तला बिक्री गरेका छन् । 

    अन्नपूर्णका किसानले म्याग्दीमा सबैभन्दा पछि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए । फागुन २ गतेसम्म सुन्तला टिपेर बजार पठाएका हुन् । गत वर्षको तुलनामा ४० प्रतिशत कम उत्पादन भए पनि दोब्बर मूल्य पाउँदा आम्दानी बढेको दोसल्लेका किसान श्रेष्ठले बताए ।

    दोसल्लेका किसानले प्रतिकिलोग्राम रु २०० सम्म सुन्तलाको मूल्य हात पारेका छन् । सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो । यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबालीमा सुन्तला रहेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताइन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij